दूधकोशी किनारमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका-८, दुम्मानाको पारकुवामा भएको बोलेरो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
सोमबार बालंखाबाट दुम्माना हुँदै मैयुटारतर्फ गइरहेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दुधकोशी किनारमा दुर्घटनाग्रस्त हुँदा आमचोक गाउँपालिका-१० पाङचाकी २७ वर्षीया रुना राईको घटनास्थलमै र जीपमा सवार ३३ वर्षीया शान्ति राईको उपचारका क्रममा मृत्यु भएको हो।

चालकसहित १४ जना सवार जीप दुर्घटनामा परि घाइतेहरूको तत्काल उद्धार गरि उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिए।


जीप अनियन्त्रित भई करिब २ सय मिटर तल खसेको प्रहरी निरिक्षक राईले बताए।
घाइते हुनेमा धरान ५ सुनसरीकी ७ वर्षीया आशिका राई, ५० वर्षीय खानुहाङ राई, आमचोक गाउँपालिका १० का सफल राई, ६० वर्षीय वीर बहादुर राई, ३० वर्षीय सुमन राई, ६ वर्षीया सृष्टि राई, ३१ वर्षीया सरस्वती राई, ६ महिने बालक अनरप राई, बोलेरो चालक धरान १३ सुनसरीका ३६ वर्षीय प्रकाश राई, १३ वर्षीय साईमन राई, १३ वर्षीया लिजा राई र धरान ५ कै ३५ वर्षीया सृजना राई रहेका छन्।

Leave a comment

Discover more from लाइभ न्युज नेपाल

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Design a site like this with WordPress.com
Get started