सुहाङ नेम्वाङले फेरि बढाए मतान्तर, यस्तो छ ताजा अपडेट

इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फेरि मतान्तर बढाएका छन्। नेम्वाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले अघि छन्। यसअघि उनीहरूबीच करिब ५ हजारको मतान्तर रहेको थियो।

पछिल्लो मत परिणामअनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने डम्बरले ९ हजार ३११ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ८ हजार ५७० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत ल्याएका छन्। 

Leave a comment

Discover more from लाइभ न्युज नेपाल

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Design a site like this with WordPress.com
Get started