फिल्म ‘महाजात्रा’को सफलतापछि अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’मा देखिने भएका छन् । उनी उक्त फिल्म छायांकनका लागि शुक्रबार अमेरिका पुगेका छन् । विपिनको यो पहिलो अमेरिका यात्रा हो । उनको साथमा फिल्मका निर्देशक शंकर घिमिरे र चिफ एडी (असिस्टेन्ट डिरेक्टर) मछिन्द्र योङगा पनि अमेरिका पुगेका छन् ।
यही बैशाख २५ गतेबाट अमेरिकामा छायांकन हुन लागेको यस फिल्ममा विपिन कार्कीको दोहोरी भूमिका रहने भएको छ भने गौरी मल्ल र वर्षा राउतको पनि मुख्य भूमिका रहनेछ । एक महिना मेरिल्यान्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत छायांकन हुने र बाँकी पूर्वी चितवनमा गरिने निर्देशक घिमिरेले जानकारी गराए । उनी करिब १३ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले पछिल्लोपटक फिल्म ‘ब्रेकफेल’ निर्देशन गरेका थिए, जुन २०११ मा रिलिज भएको थियो ।
प्राप्त जानकारी अनुसार फिल्ममा विपिन कार्कीले पिता र छोराको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा बुद्धि तामाङ पनि देखिने भएका छन् । बुद्धि फिल्म ‘डिग्री माइला’को प्रदर्शनका लागि अमेरिका पुगेका अहिले उतै छन् । अब ‘तेल भिसा’को छायांकन गरेर मात्र उनी नेपाल फिर्नेछन् ।
यसैगरी सोही फिल्म बाट अभिनेत्री ऋचा घिमिरेले १० वर्षपछि पुनः कमब्याक गर्दैछिन् ।











Leave a comment