इलाम २ उपनिर्वाचन अपडेट: कांग्रेसको सुरुवाती अग्रता

इलाम २ को उपनिर्वाचनको पहिलो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार सुरुवाती अग्रता कांग्रेसले लिएको छ। पहिलो एक हजार पाँच सय ३९ गणना हुँदा कांग्रेसका डम्बर खड्काले ६ सय ५७ मत ल्याए।

यस्तै, खड्कालाई पछ्याउँदै एमालेका सुहाङ नेम्वाङले पाँच सय ३४ मत पाएको निर्वाचन आयोगले जनाएको छ। यस्तै, पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले एक सय ८७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको एक सय १५ मत पाए। 

यो परिणाम फाकफोकथुम गाउँपालिका– १ को हो।

Leave a comment

Discover more from लाइभ न्युज नेपाल

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Design a site like this with WordPress.com
Get started