प्रदेश सभा सदस्यका लागि बझाङ १‘क’मा भएको उपनिर्वाचनको मतगणना शुरू भएको छ।
आइतबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। तर, ढिला गरी मतगणना शुरू भएको छ।
छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसपछि क्रमशः अन्य स्थानको गणना हुनेछ।
२०७९ सालमा निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएको थियो। रिक्त रहेको स्थानमा शनिबार उपनिर्वाचन भएको हो।
बझाङमा ५० प्रतशित अर्थात ३० हजार ३२८ मत खसेको छ। यस क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन्। उपनिर्वाचनमा ११ जना उम्मेदवार छन्।











Leave a comment