लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल ९लुक्ला एअरपोट० मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्।

बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन्। धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौं गएका फर्किएका छन्।

पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौं फर्किने पर्यटकहरू समस्यामा परेका बताए।

प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताए।

Leave a comment

Discover more from लाइभ न्युज नेपाल

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Design a site like this with WordPress.com
Get started