इलाम-२ मा मतगणना सुरु

इलाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकका अनुसार इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह (सिटी हल)मा मतगणना सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

वडा नम्बर १ बाट गणना सुरु गरेर प्रत्येक वडाको अलग-अलग परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Leave a comment

Discover more from लाइभ न्युज नेपाल

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Design a site like this with WordPress.com
Get started